त्रिविका विभिन्न पदको लिखित परीक्षामा सून्य नतिजा, १३८ जनाको परीक्षा रद्द
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिएको परीक्षामा कोही पनि उत्तिर्ण हुन नसकेको पाइएको छ ।
आयोगले मंगलबार सार्वजनिक गरेको नतिजामा उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा सहभागीमध्ये एकजना पनि परीक्षार्थी उत्तिर्ण नभएका हुन् ।
उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जना लिखित परीक्षामा सहभागि थिए । यस्तै, शाखा अधिकृतमा ४० जना माग गरिएकोमा ५४२ जना सहभागि थिए । त्यस्तै मुख्य कार्यालय सहायकमा ४३ जनाको लागि ७७७ जनाले लिखित परीक्षा दिएका थिए । आर्थिक उपनियन्त्रकमा दुईजनाका लागि ३ जना सहभागि थिए । यस्तै, लेखा अधिकृत १५ जनाका लागि १२९ जना र सहभागि भएका आयोगले जनाएको छ । ॠ यस्तै, परीक्षामा मर्यादा विपरित गतिविधी गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ ।
नतिजामा लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उत्तिर्ण भएका छन् ।आयोगले गत कात्तिक महिनामा लिएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।
हेर्नुहोस नतिजा :