३३ दिनमा सकियो के घर के डेरा
काठमाडौं—दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को इन्डक्ल्याप गरिएको छ । गत मंगलबार राजधानीको नेपाल कला परिषदमा फिल्मको अन्तिम दृश्यको छायांकन गर्दै फिल्मको सम्पुर्ण छायांकन सकिएको होे । निर्देशक खनालका अनुसार क्यामेरा अन भएको ३३ औं दिनमा फिल्मको छायांकन सकिएको बताए ।
निर्देशक खनालले आफ्नो सोच अनुसार नै फिल्म निर्माण भएको सुनाए । फिल्मका कलाकारले आफुलाई राम्रो साथ दिएकाले पनि ‘के घर के डेरा’को रिजल्ट राम्रो निस्किनेमा विस्वस्त रहेको निर्देशक खनालको भनाई छ । आफ्नो हरेक फिल्ममा दर्शकले पाउने सम्पुर्ण खुराक ‘के घर के डेरा’मा पाउने विश्वास व्यक्त गरे । फिल्मको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिएको छ ।
ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्मले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव पनि अभिनेता दयाहाङ राई इन्डक्ल्यापमा साटेका छन् ।
यही वर्ष रिलिज तयारी रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:००
प्रतिक्रिया दिनुहोस्