Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले अवरुद्व पृथ्वी राजमार्ग खुल्यो

शुक्रबार, मंसिर ९, २०७९
तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौं सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, ‘अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:४१
प्रतिक्रिया दिनुहोस्