Nic Ad Nic Ad
Nic Ad Nic Ad

असनमा असार-१५ को चहलपहल (फोटोफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– आज असार १५, दही चिउरा खाने दिन । मानो खाएर मुरी फलाउने महिनाका रुपमा चिनिने असारमा धान रोपाइँको चटारो हुन्छ । धान रोपाइँकै बीच दही चिउरा खाने र रमाइलो गरि रोपाइँ गर्ने गरिन्छ । रोपाइँ नहुने सहरी क्षेत्रमा पनि दही चिउरा खाने र रमाइलो गर्ने गरिन्छ । असार १५ को दिन दही, चिउरा, केरा, आँप, मिठाइ आदि खाइन्छ । असार १५ का लागि कतिपयले अघिल्लै दिन दही चिउरा केरा आँप आदिको जोहो गरेका हुन्छन् । काठमाडौँको असन क्षेत्रमा अघिल्लै दिनदेखि पसलेलाई दही चिउरा, मिठाइ आदि बेच्न भ्याइनभ्याइ हुने गरेको छ । अझ भक्तपुरको जुजु धौ बनाउने व्यवसायीलाई त माग धान्नै धौ धौ हुने गरेको छ । केही वर्ष यता असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरिएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०४
प्रतिक्रिया दिनुहोस्