Nic Ad Nic Ad
Nic Ad Nic Ad

१३ कम्पनीविरुद्ध कर छलीको मुद्दा, ४४ करोड जरिवाना र सजाय माग

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - राजस्व अनुसन्धान विभागले विभिन्न १३ कम्पनीविरुद्ध करोडौँ जरिवाना र सजाय माग गर्दै मुद्दा दायर गरेको छ । व्यापार व्यवसाय गर्ने कम्पनीहरुले राजस्व छलेको भन्दै विभागले मंगलबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो ।

विभागले पशुपति रोड क्यारियर्स, न्यु मनकामना सप्लायर्स, अरुण क्लोथ सपलगायतविरुद्ध ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

यी कम्पनीबाट २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ बिगो असुल हुन बाँकी रहेको र जरिवानाबापत २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ गरी उक्त परिमाणमा असुलउपर गर्नुपर्ने मागदाबी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्