जब करिश्माले गम्बुठ लगाएर धान रोपिन्
काठमाडौं– राष्ट्रिय धान दिवसको अवसर पारेर नेकपा एमालेको राष्ट्रिय युवा संघले बुधबार ललितपुरको बुङ्मतीमा आयोजना गरेको रोपाइँ कार्यक्रम अघिल्ला वर्षका भन्दा केही भिन्न थियो । केही महिना अघिमात्र नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर कार्यक्रमको आकर्षण बनिन् ।
कार्यक्रमका अन्य सहभागी खाली खुट्टै खेतमा पसेर धान रोपिरहँदा करिश्मा भने निलो रंगको गम्बुठमा खेतमा देखिइन् । अन्य सहभागीसँग उनले केही बेर खेत रोपिन् । त्यसपछि आयोजित कार्यक्रममा नाचिन्, रमाइन् । सहभागीहरु पनि करिश्मासँगै रहेर धान रोप्न पाउँदा खुशी देखिन्थे । करिश्मासँगको फोटोसेसन झन कम रोचक थिएन ।
रोपाईंको कार्यक्रममा सहभागी भएपछि उनले केही तस्वीरसहित फेसबुकमा स्टाटस नै लेखिन् ।
‘आज असार पन्ध्र , वर्ष भरिलाई माम खान पुगोस भनेर सपना रोप्ने दिन
हाम्रो संस्कृति गुनगुनाउने दिन
मलिलो उपत्यकाहरु कंक्रिट जङ्गलमा रुपान्तरण हुँदैछन् ।
युवाहरू विदेशीएर खेत, पाखा बाझो हुँदै छन ।
यो क्रमलाइ रोक्नुपर्छ ।
आशावादी अझै छौ हामी ।
उन्नत उब्जनी फर्काउछौ हामी ।
गरा गरा रोपेर , सुर्का खर्क गोडेर
कृषिमा आत्मनिर्भर बन्नसक्छौ हामी ।
राष्ट्रिय युवासंघद्वारा आयोजित राेपाई कार्यक्रमको यो संदेश हरेक युवाहरू माझ पुगोस् ।
सबैमा धान दिवसको शुभकामना ।
(तस्वीरहरू- विमल पाैडेल क्यानडा नेपाल)
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्