Nic Ad Nic Ad
Nic Ad Nic Ad

महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गरिने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– सरकारले महँगी नियन्त्रण गर्न देशव्यापी रुपमा बजार अनुगमन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर देशव्यापी बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिए। मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिने निर्णय गरिएको बताए । मन्त्री बडूले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र सबै स्थानीय तहलाई पत्राचार गरिएको समेत जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:१६
प्रतिक्रिया दिनुहोस्