Nic Ad Nic Ad
Nic Ad Nic Ad

नियम पालन : एक प्रेरक प्रसङ्ग

शुक्रबार, मंसिर ९, २०७९
साबरमती आश्रममा खानाको समय दुई पटक घण्टी बजाउने गरिन्थ्यो । घण्टीको स्वर सुनेर आश्रमका सबै मानिस भोजनालयमा उपस्थित हुन्थे । जो दोस्रो घण्टी बज्दा समेत पुग्दैनथे उनीहरुले दोस्रो पंक्ति लागुञ्जेल प्रतीक्षा गर्नुपथ्र्यो । एक दिन दोस्रो घण्टी बजिञ्जेल पनि गान्धी भोजनालयमा उपस्थित हुन सकेनन् र भोजनालयको ढोका बन्द भयो । बापू ढोकामा आएर अर्को पंक्ति लाग्ने प्रतीक्षा गर्न थाले । तब उनका एक सहयोगी आएर हाँस्दै भने, ‘आज बापू पनि अपराधीको पंक्तिमा उभिनु भयो ।’ यो कुरा सुनेर बापूले भने, ‘नियम सबैमा समान रुपले लागू हुनुपर्छ र यदि गल्ती भयो भने त्यसलाई सुधार्नको लागि सजाय पनि भोग्नु पर्छ ।’ साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:१७
प्रतिक्रिया दिनुहोस्