घरभित्र गर्मी बढ्यो ? यसरी शीतल बनाउनुहोस्
गर्मी बढेसँगै हामीलाई घरभित्र बस्न पनि उकुसमुकुस हुन्छ । घर नै बाफिएको जस्तै लाग्छ । यस्तो अवस्थामा घरलाई कसरी खुला राख्ने ? कसरी शीतलता प्रदान गर्ने ? भनेर चिन्तामा हुनुहुन्छ भने केहि यस्ता सजिला उपाय छन् जसले घर शितल बनाउन सक्छ ।
१) विद्युतीय उपकरणहरु टेलिभिजन, कम्प्युटरलगायतको अनावश्यक प्रयोग नगर्ने । यस्ता उपकरणले पनि घरभित्र गर्मी बढाइरहेको हुन्छ ।
२) घर वा कोठामा धेरै सरसामान नराख्ने, प्रयोगमा नआउने सामग्रीहरू स्टोरमा थन्काउने । यस्तै काम नलाग्ने पुराना फर्निचर, सिरक-डसना, टेबल, र्याक हटाउने । थोत्रो जुत्ता, काम नलाग्ने भाँडावर्तन, सजावटका सामग्रीहरू हटाएमा पनि घर वा कोठा केही खुला देखिन्छ । कोठामा धेरै सरसामान राख्दा पनि उकुसमुकुस हुन्छ ।
३) ताजा हावा आउजाउ गर्ने झ्याल वा भेन्टिलेटर खुला राख्ने, घरभित्र ताजा हावा आउने ठाउँहरू सुरक्षित खुला छाडेमा घर धेरै शितल हुन्छ ।
४) झ्याल ढोकाको पर्दा, बेडकभर आदिले पनि गर्मी याममा घरलाई भद्दा बनाउँछ । त्यसैले गर्मीमा झ्याल ढोकोको पर्दा, बेडकभर सकेसम्म उज्यालो रंगको, पारदर्शी प्रयोग गर्ने ।
५) घरभित्र वा कोठामा राख्न मिल्ने कतिपय वनस्पति पाइन्छ जसले घरलाई आकर्षक मात्र होइन गर्मीमा शीतलता महसुस गराउँछ । तर घरमा साना बच्चा छन्, कुकुर पालेको छ भने त्यसलाई अझ सुरक्षित ठाउँमा राख्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:१६
प्रतिक्रिया दिनुहोस्