Nic Ad Nic Ad
Nic Ad Nic Ad

पढेरै अमेरिकाको २० औँ राष्ट्रपति बन्न सफल जेम्स गारफिल्ड

बिहीबार, मंसिर ८, २०७९
गरीबीकै कारण एक विधवा अमेरिकास्थित ओहियो राज्यको जंगलमा बसी गुजारा गर्न बाध्य थिइन् । आफ्नो पाँच वर्षको छोरोलाई घरमै थुनी उनी दाउरा चिर्न थान्थिन् र दाउरा बेचेर प्राप्त रकमबाट जीविकोपार्जन गर्थिन् । उनको छोरो ठूलो भएपछि उनले त्यहीँ नजिकै गाउँको लाइब्रेरीमा किताब पुछ्ने काममा लगाई दिइन् । छोराको किताबप्रतिको लगाव बढ्दै गयो । उनी काममा फुर्सद पायो कि पढ्नमा मस्त हुन थाले । उनले यति पढे, यति पढे कि पढेका कुराले सामाजिक क्षेत्रमा निस्वार्थ सेवा गर्ने हौसला थपिँदै गयो । अन्ततोगत्वा उनी सन् १८८१ मा अमेरिकाको २० औं राष्ट्रपति हुन सफल भए । एक दाउरेको असभ्य छोरो राष्ट्रपति जेम्स अब्राहम गारफिल्ड भए । साभार : ‘नव सफलता शास्त्र २’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्