Nic Ad Nic Ad
Nic Ad Nic Ad

घर भत्किँदा एक बालिकाको मृत्यु, दुई जना घाइते

शुक्रबार, मंसिर ९, २०७९
कञ्चनपुर- कञ्चनपुरमा घर भत्किँएर किच्दा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका-५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट-४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:१६
प्रतिक्रिया दिनुहोस्