सेयर बजार ७४.९३ अंकले बढ्यो
काठमाडौँ– बिहीबार सेयर बजार ७४.९३ अंकले बृद्धि भएको छ ।
हिजो बुधबार साढे ४१ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर बढेर बजार हरियो देखिएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । २२७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता सेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो ।
आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३५
प्रतिक्रिया दिनुहोस्