कांग्रेसको केन्द्रीय समिति बैठक असार २७ मा
काठमाडौँ – स्थानीय तहको चुनावपछि कांग्रेसले पहिलोपटक केन्द्रीय समिति बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार २७ गते लागि बैठक आह्वान गरेका हुन्। पार्टी कार्यालय सानेपामा बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरिएको छ।
पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा हुनेछ भने अरु विविध विषयमा छलफल हुनेछ।
सभापति शेरबहादुर देउवाले बैठक नबोलाएको भन्दै शेखर कोइराला पक्षले छुट्टै गुट भेला आह्वान गरेकै दिन देउवाले बैठक बोलाएका हुन्।
बत्तीस पुतलीस्थित एक पार्टी पार्टी प्यालेसमा कोइराल समूहले गुट भेला गरिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:४४
प्रतिक्रिया दिनुहोस्