Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेशको बजेट बहुमतले पारित

शुक्रबार, मंसिर ९, २०७९
हेटौँडा– प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रदेशसभाबाट आज बहुमतले पारित भएको छ । विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले पेश गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतबाट तथा बजेट विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो । बैठकमा बजेटको पक्षमा सतापक्ष गठबन्धनका सांसदहरु उभिएका थिए । प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य रहेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो । प्रदेश सरकारले आज पारित गरेको बजेट चालु आर्थिक वर्षकोभन्दा रु १३ अर्बले बढी छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:४५
प्रतिक्रिया दिनुहोस्