भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।
निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:४५
प्रतिक्रिया दिनुहोस्