काभ्रेमा बस डिलबाट खस्दा १ को मृत्यु, ४३ घाइते
काभ्रे — बनेपा १० स्थित अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका कर्मचारी बोकेको बस सडकको डिलबाट खस्दा १ जनाको मृत्यु भएको छ, ४३ जना घाइते भएका छन् ।
५२ बर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।
कर्मचारी बोकेर निस्केको अस्पतालको बा१ज ५७४७ नम्बरको मिनिबस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।
अस्पतालबाट निस्केको केही समयमा नै बस दुर्घटनामा परेको थियो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:४५
प्रतिक्रिया दिनुहोस्