Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– दक्षिण कोरियामा अवैध रुपमा काम गर्दै आएका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

कृषि तथा माछा पालन मौसमी कामदारको रुपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै बसाइँ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका हुन् ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार