मानिस चाहिँ फरक फरक तर स्वभावहरु चाहिँ मिल्ने ! बुझेर व्यवहार गर्नुपर्छ
१. सबै मानिसहरु आफ्नै हित सोच्छन् । अरुले हाम्रो फाइदाको कुरा गर्दा पनि कता कता उसको आफ्नै फाइदा लुकेको हुन्छ ।
२. मुस्कुराएर कुरा गरेको सबैलाई मन पर्छ । मुस्कुराएर कुरा गर्ने बानी गर्नुपर्छ ।
३. सबैलाई आफूलाई महत्व दिएको मनपर्छ । अरुलाई महत्व दिएर व्यवहार गरेपछि आफूलाई पनि महत्व दिन थाल्छन् ।
४. प्रशंसा गरेको सबैलाई मनपर्छ । तपाईं राम्रो मान्छे भन्ने होइन, कामको प्रशंसा गरौँ ।
५. सबैलाई धन्यवाद दिएको मनपर्छ । सानोभन्दा सानो काममा पनि सम्बोधन गरी, आँखामा हेरी, मनैदेखि धन्यवाद दिनुपर्छ ।
६. अगाडि होस् वा पछाडि, आफ्नो आलोचना गरेको कसैलाई मनपर्दैन । कुटाईको पीडा समय बितेअनुसार मानिसहरु बिर्सिन्छन् तर अरुले वचन लाएको बिर्सिँदैनन् । सही तरिकाले आलोचना गरेर धेरै कुरा पाउन सकिन्छ ।
७. आफ्नो विचारमा, अरु सहमत भएको मनपर्छ । सहमति छैन भने चुप लागेर बस्नुपर्छ असहमति जनाइहाल्नु हुँदैन ।
८. आफूलाई मनपर्ने विषयमा कुरा गरेको सबैलाई मनपर्छ । कसैको लागि सबभन्दा मन पर्ने विषय ऊ आफै हो । ऊसँग उसको बारे कुरा ग¥यौँ भने, उसलाई मनपर्छ । यसो गर्दा ऊ हामीप्रति सकारात्मक हुन्छ ।
साभार : ‘उत्तम ज्ञान’बाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्