नेभिगेशन
सिएन ग्यालरी

पिच माथि पिच, यात्रुलाई सकस (फोटो फिचर)

काठमाडौँ– जमल चोकदेखि दरबारमार्ग मोडसम्म  पिच माथि पिच गरिएको छ । विहीबार राती थपिएको पिचका कारण यात्रु र चालकलाई सकस भएको छ । बजेट सक्न असारको अन्तिममा पिच माथि पिच गर्ने चलन वर्षौँदेखि चल्दै आएको छ ।  पिचमा कतिपय यात्रुको चप्पल पिचमा नै अडकिएको छ भने बाइक तथा गाडीका टायरमा पिच टाँसिएको छ ।  यसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ । 
प्रतिक्रिया दिनुहोस्