Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेशः मुख्यमन्त्रीले तत्काल सरकार नछोड्ने 

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं – बागमती प्रदेशमा सत्ता हस्तान्तरणको विषय पेचिलो बनेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल सरकार छोड्ने मनसायमा नदेखिए पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनलाई सत्ता हस्तान्तरण गर्न दबाब दिएका छन् ।  भद्र सहमति अनुसार एकीकृत समाजवादीले सत्ता हस्तान्तरण नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डे विरुद्ध सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बताए ।  सत्ताधारी दलले मुख्यमन्त्रीका विरुद्ध सत्ता हस्तान्तरण गरेको विषयमा भने आफूहरू अनभिज्ञ रहेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् । कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षरले सरकारलाई केही असर गर्ने नसक्ने बुझेका मुख्यमन्त्री पाण्डे बाँकी समय पनि आफैले नेतृत्व गर्ने रणनीतिमा तय गरेका छन् । प्रदेश सरकार पाँच दलीय सत्तागठबन्धनको सहमतिनिर्देशनमा बनेको भन्दै शीर्ष नेताहरूको सहमतिमा मात्रै सत्ता हस्तान्त्रण गर्ने एकीकृत समाजवादीबाट बागमती प्रदेश सांसद बनेकी मीना ज्ञवालीले बताइन्  ।  कांग्रेसले भद्र सहमति अनुसार मुख्यमन्त्री पाउनुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डेले सत्ता छोड्न नमान्दा त्यसले गठबन्धन भित्र विवाद सिर्जना गरेको छ । केन्द्रमा शीर्ष नेताले सत्तागठबन्धनलाई आगामी प्रदेश र संघीय निर्वाचन सम्म कायम राख्ने सहमति गरेपनि बागमती प्रदेशका कारण गठबन्धनमा तिक्तता आउन सक्ने कांग्रेस नेताहरूको बुझाई छ । एमाले सांसद अष्टराज्य लक्ष्मी शाख्य नेतृत्वको सरकार ढाल्दै गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, र जसपाको समर्थमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एकिकृत समाजवादीको १३,  माओवादी केन्द्रका २३, कांग्रेस २२ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:१२
प्रतिक्रिया दिनुहोस्