Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि अखिल (क्रान्तिकारी) का कार्यकर्ताको दुर्व्यवहार

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ - जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनीलकुमार झामाथि अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले कार्यालयमै पसेर दुर्व्यवहार गरेका छन् । देशभरका सरकारी विद्यालयहरूमा पाठ्यपुस्तकको कृत्रिम अभाव गराएको र केन्द्रमा लामो समयदेखि भ्रष्टाचार गरेको आरोप लगाउँदै झालाई क्रान्तिकारीसम्बद्ध विद्यार्थी नेताले दुर्व्यवहार गरेका हुन् । क्रान्तिकारीले झामाथि कागज खरिदमा अनियमितता गरेको‚ निजी शैक्षिक संस्थासँग मिलेर केन्द्रलाई डुबाउन खोजेको र बालबालिकाको भविष्यमाथि खेलबाड गरेको आरोप समेत लगाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:११
प्रतिक्रिया दिनुहोस्