Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरको आर्थिक विधेयक सर्वसम्मत पारित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा उठेका प्रस्तावहरू संशोधनसहित समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसपछि विधेयक पारित गर्न नगरसभा सदस्यहरू सहमत भएका थिए ।

महानगरले यसअघि आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

जसमा आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ । आर्थिक विधेयकमा कर, शुल्क दस्तुरसहितका आन्तरिक आयको विषय रहेको हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:३५
प्रतिक्रिया दिनुहोस्