Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेखर समूहको पाँच बुँदे ध्यानाकर्षण : देउवा गठबन्धनको सभापति बन्न खोजेको आरोप

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको वैठकले विभिन्न पाँच बुँदे निणर्य गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको वैठकले पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनकै सभापति बन्न खोजेको निष्कर्ष निकालेको छ ।

पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा समेत सहभागी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि बोल्दै डा. गोविन्द पोखरेलले सञ्चारकर्मीलाई निणर्यबारे जानकारी गराएका थिए । पोखरेलका अनुसार कोइराला गुटले सरकारले जनतालाई राहत दिन नसकेको र जनजीविकाका सवाललाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको छ ।

दोस्रोमा, विगतमा प्रतिबद्धता जनाएअनुसार राजश्व अनुसन्धान विभागलगायतका निकायहरूलाई प्रधानमन्त्री मातहतमा नराख्ने विषयलाई सरकारले कार्यान्वयन नगरेको गुटको गुनासो छ ।

पार्टीको यो गुटलाई देशव्यापी रूपमा परिचालन गरिने पोखरेले बताए । यद्यपि, समानान्तर संरचना नबनाउने उनको भनाइ छ । सरकारले आर्थिक सुशासनको खिल्ली उडाएको आरोप पनि कोइराला गुटले लगाएको छ । यस्तै परराष्ट्र नीति बनाउँदा विपक्षी दलहरूलाई पनि विश्वासमा लिन सुझाव दिइएको छ । बैठकले देउवाले कांग्रेस सभापति भएको आभास गराउन नसकेको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्