Nic Ad Nic Ad
Nic Ad Nic Ad

थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौँ सिधा उडान

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैंककबाट दिउँसो काठमाडौँ विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ । कम्पनीले कूल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान भरेको जनाएको छ । थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईदेखि व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङ्कङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्