Nic Ad Nic Ad
Nic Ad Nic Ad

धेरै उपवासले सोफिया अस्पताल भर्ना

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– बलिउड अभिनेत्री तथा मोडल सोफिया हायात अस्पताल भर्ना भएकी छन् । धेरै उपवास बसेर स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । उनलाई ब्रिटेनको एक अस्पतालमा भर्ना गरिएको छ । धेरै उपवासका कारण सोफियाको शरीरमा नूनको मात्रामा कमी आएको छ । शरीर काम्ने र चक्कर आउने समस्या देखिएपछि उनी बेहोस भएकी थिइन् । हालैको एक अन्तरवार्तामा उनले आफूले शरीरलाई सफा राख्नका लागि उपवास बसेको दाबी गरेकी थिइन् । तर उपवासले उनको शरीर सफा नभई कमजोर बनाएको थियो । ‘मलाई लाग्छ कि शुद्धीकरण प्रक्रियाको समयमा मेरो शरीरबाट धेरै नून र इलेक्ट्रोलाइट्स सकियो । मैले नर्सलाई मेरा लागि पाँच प्याकेट नून ल्याउन आग्रह गरेपछि मेरो ज्यान बच्यो । मलाई अस्पताल भर्ना गरिएपछि मैले साथीलाई फोन गरें’,उनले भनेकी छन् । सोफियाले अस्पताल भर्ना भएपछि उपवास तोड्नु परेको यिो । त्यसो त यसअघि पनि पटक पटक उपवास बसेकी सोफियालाई यसपटकको उपवास भने निकै महंगो साबित भयो । –जीन्यूज
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्