Nic Ad Nic Ad
Nic Ad Nic Ad

युवा संघले राहदानी विभाग घेराउ गर्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैं-नेकपा एमालेको भातृ संघ राष्ट्रिय युवा संघले राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै भोलि असार १९ गते राहदानी विभाग घेराउ गर्ने भएको छ । उसले घेराउसँगै विभागलाई ध्यानाकर्षणपत्र पनि बुझाउनेछ । संघले मध्यान्ह १२ बजेबाट काठमाडौको त्रिपुरेश्वरस्थित राहदानी विभागमा घेराउ तथा ध्यानाकर्षण गराउने भएको हो । संघले राहदानी वितरणमा ढिलासुस्ती भएको कारण सेवाग्राहीले चरम सास्ती व्यहोर्नुपरेको विरुद्ध घेराउ तथा ध्यानाकर्षण कार्यक्रम जारी गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४०
प्रतिक्रिया दिनुहोस्