चट्याङले जुम्लामा ८० भेडा मरे, तीन सय वटा हराए
जुम्ला - जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । चट्याङबाट पाँच जना किसानका ८० भेडा मरेका हुन् । तीन सय भेडा हराइरहेका छन् ।
शुक्रबार बेलुकी ३ बजेतिर बागजालेमा परेको चट्याङले पातारासी गाउँपालिका-४ लुमका पाँच भेडापालक किसानका भेडाका मरेका हुन् । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए ।
प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाका भेडा मरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३९
प्रतिक्रिया दिनुहोस्