Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रेरक प्रसङ्गः राम्रो संस्कारले मन सफा गर

बिहीबार, मंसिर ८, २०७९

रामकृष्ण परमहंस आफ्नो लोटा हरेक दिन माझ्ने गर्थे । यो देखेर उनको एउटा शिष्य मनमनै सोच्थ्यो, यसरी लोटा माझ्नुको के अर्थ होला ? आखिरमा उनले कुरा बुझ्न नसकेपछि सोधे । रामकृष्ण परमहंसले उनको प्रश्नको जवाफमा भने, याद राख हामीले आफ्नो अन्तर्मनलाई पनि यसैगरी माझ्नुपर्छ ।

यो लोटा जति नै सफा भए पनि यसलाई हरेक दिन माझिएन भने यो फोहोर हुन्छ । यसैगरी नराम्रो संस्कारको प्रभावमा परेर हाम्रो मन दूषित नहोस्, यसको लागि पनि हामीले निरन्तर राम्रो संस्कारले यसलाई माझ्नुपर्छ ताकि नराम्रोको मैलोले यसलाई फोहोर बनाउन नसकोस् ।’

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार