सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाइडमा
काठमाडौं– समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले शुभारम्भ गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्बिर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति रहेको थियो ।
हालसम्म ९२ अर्बभन्दा वढी निक्षेप परिचालन गरी करीव ८८अर्व कर्जा लगानी गरिसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३४
प्रतिक्रिया दिनुहोस्