भालुको पित्त जस्तो देखिने वस्तु सहित दुईजना पक्राउ
काठमाडौं– काठमाडौंको जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँची, पाणिनी गाउँपालिका–२ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उप महानगरपालिका–३ का ३२ वर्षीय भजिन्द्र दर्जी छन् ।
उनीहरूको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त दुई थान बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले जनाएको छ ।
सीआईबीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्