Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाबहिलमा फिल्म तथा टीभी स्कुल

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं–काठमाडौंको चाबहिलमा फिल्म तथा टीभी स्कुल सञ्चालनमा आएको छ । स्कुलको अभिनेता राजेश हमाल, मोडल निती शाह र आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरियोग्राफर विपना थापाले शुभारम्भ गरे ।

स्कुलका निर्देशक दशरथ सुनार र मधुसुदन थापा हुन् । निर्देशक थापाका अनुसार स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको विषय पढाइ हुनेछ । कार्यक्रममा भीवाइएफ टक्सको पनि शुभारम्भ गरिएको थियो । यो स्कुलमा अभिनेता हमाल ‘गेस्ट लेक्चरर’का रुपमा उपस्थित हुनेछन् ।

अभिनेता हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गरेको बताए । ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन् । युवापुस्ताको यो उत्साह सुखद छ,’ उनले भने ।

आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । अर्को निर्देशक सुनारले केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्ष पनि पढाइ हुने जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्