Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ५७.६१ अंकले बढ्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ– आइतबार सेयर बजार (नेप्से) ५७ दशमलव ६१ अंकले बढेर २ हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको हो । आइतबार २३१ वटा धितोपत्रको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि व्यापार समूहको ९ दशमलव ३ प्रतिशतले बढेको हो । आइतबार ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा न्यादी ग्रुप पावरको सर्वाधिक २२ करोड २८ लाख ६९ हजार ८८९ रुपैयाँ बराबरको सेयर खरिद विक्री भयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३६
प्रतिक्रिया दिनुहोस्