Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्नुपर्छ – पूर्वगभर्नर क्षेत्री

शुक्रबार, मंसिर ९, २०७९

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्नुपर्ने बताउनु भएको छ ।

आज संसद भवनमा आर्थिक कुटनीति प्रवद्र्धनमा सांसदको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्न सके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गर्नुभएको हो ।

पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताउनुभयो । उहाँले गरिवी निवारणको लागि सरकार इमान्दार नभएसम्म सधैँ विदशीको आश गर्नुपर्ने अवस्था रहने बताउनु भयो ।

पूर्वगभर्नर क्षेत्रीले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर सांसददेखि जनता सबैले योगदान गरे देश बिस्तारै आत्मनिर्भर हुने बताउनु भयो । क्षेत्रीले सरकार इमान्दार भएर आत्मनिर्भर बनेपछि मात्रै विदेशीहरु नेपालमा अवसर खोज्दै आउने दाबी गर्नुभयो ।

पूर्वगभर्नर क्षेत्रीले नेपालमा अहिले वैदेशीक साहयताका रुपमा आएको पैसा खर्च गर्न नसकेर विदेशमा नै फिर्ता गइरहेको बताउनु भयो । उहाँले नेपालमा विदेशबाट आएको सहायतामा २ प्रतिशत मात्रै खर्च हुने र बाँकी विदेशमा नै फिर्ता भइरहेको बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३६
प्रतिक्रिया दिनुहोस्