Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थ मन्त्रालयले भन्यो– जेठ १४ गतेको सीसीटीभी फुटेज डिलिट भयो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— अर्थ मन्त्रालयले संसद वैठकमा बजेट पेश गर्नु अघिल्लो राती मन्त्रालयको सीसीटीभी फुटेज मेटिएको (डिलिट भएको) बताएको छ । बजेट तयार गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती करका दर हेरफेर गरेको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले जेठ १४ गते रातिको मन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न दिएको निवेदनको जवाफमा मन्त्रालयले उक्त समयको फुटेज डिलिट भएको जवाफ दिएको हो । निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले भनेको छ ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमशस् मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’ अनुसन्धानका लागि सीसीटीभीबाट खिचिएका यस्ता दृष्य ३ महिनासम्म सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिमा व्यवस्था गरिएको भएपनि मन्त्रालयले डिलिट भएको जवाफ दिएको हो । के कारणले फुटेज डिलिट भयो भन्ने बारे चाहिँ मन्त्रालयको जवाफमा केही उल्लेख गरिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्