अभ्यास खेलमा नेपाल पहिले ब्याटिङ गर्दै
क्यानडा – क्यानाडा भ्रमणमा रहेको नेपालले ओन्टारियो क्रिकेट क्लबसँग आज टी ट्वान्टी अभ्यास क्रिकेट खेल्दैछ ।
खेलमा नेपालल टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । किङ सिटीको मेपल लिफ मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले यसअघिको एकदिवसीय अभ्यास खेल जितेको थियो । नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टिमसँग दुईवटा एकदिवसीय क्रिकेट खेल्ने तालिका छ । उक्त खेल जुलाई ५ र ६ (असार २१ र २२) मा हुनेछ ।
नेपालले क्यानाडासँग दुई एकदिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ ।
नेपाल, स्कटल्यान्ड र नामिबिया बीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सीधैं खेल्न र ओडिआई मान्यतालाई निरन्तरता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ नेपाललाई सीधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अ
न्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ ।
प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।
त्यसपछि नेपालले विश्वकपको लिग डिभिजन टू खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२६
प्रतिक्रिया दिनुहोस्