Nic Ad Nic Ad
Nic Ad Nic Ad

सफलताको कथाः यसरी सफल बने घनश्याम दास बिडला

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं – भारतका प्रख्यात उद्योगपति घनश्याम दास बिडलाले आफ्नो बिजनेस क्यारियरको शुरुवात शून्यबाट गरेका थिए । र उनको मृत्युको समयमा बिडला ग्रुपमा २०० कम्पनी थिए, जोसँग २ हजार ५ सय करोडको सम्पत्ति थियो ।

बिडलाले आफ्नो बिजनेस क्यारियरको शुरुवात जुट दलालको रुपमा गरेका थिए । उनी आफ्नो भाइका साथ एउटै कोठामा भाडामा बस्थे । त्यही कोठामा उनीहरु सुत्ने, खाना बनाउने र कपडा धुने गर्थे । बिडलाले पाँच कक्षासम्म मात्र पढे, तर उनको मनमा आगो थियो र सफल उद्योगपति बन्ने सपना थियो ।

त्यो जमानामा जुटको व्यवसायमा बेलायती एकाधिकार थियो र बिडला त्यो एकाधिकारलाई तोड्न चाहन्थे । यसै प्रयासमा बिडलालाई धेरै कठिनाइहरु सामना गर्नुप¥यो । जुट व्यवसाय गर्नका लागि उनलाई बैंकहरुले ऋण दिन अस्वीकार गे । त्यतिमात्र नभई राम्रो जमिन किन्न खोज्दा अँग्रेजहरुले विभिन्न बाधाव्यवधान खडा गरे किनभने अँग्रेजहरु जुट व्यवसायमा कोही भारतीय आफ्नो प्रतिद्वन्दी बनेको देख्ने चाहँदैन थिए ।

पैसाको भाउ घट्नुका कारण बिडलाले आफ्नो जुटमिल शुरु गर्नका लागि मगाका विदेशी मेसिनहरुको भाउ दोब्बर भयो । यी सबका बाबजुद बिडला सारा समस्याहरुको सामना गर्दै आफ्नो लक्ष्यतर्फ बढिरहे । जुटको विजनेश शुरु गरेपछि उनले धेरै कम्पनीहरु स्थापना गरे । बिडला यति पछिसम्मको सोच राख्दथे कि कुनै पनि विदेशी मेसिन मगाउँदा, त्यसको साथमा स्पेयर पार्टस् पनि मगाउने गर्थे ता कि ती मेशिन बिग्रँदा काम नरोकियोस् ।

घनश्याम दास बिडला महान उद्योगपति मात्र थिएनन्, उनी परोपकारी पनि थिए । उनले कैयौँ मन्दिर र ट्रष्टहरु बनाउन लगाए । उनले भारतको पिलानीमा बिडला इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड साइन्स, बम्बइमा अस्पताल र देशभरी स्कुल कलेज बनाउन लगाए ।

साभार: ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:१२
प्रतिक्रिया दिनुहोस्