मोरङमा खाल्डोभित्र युवती शव फेला
विराटनगर– मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२७
प्रतिक्रिया दिनुहोस्