राजा भर्तृहरिका केही अमर वाणीहरु
१. विषयहरु धेरै समयसम्म हाम्रो समीप रहेर पनि अवश्य जानेछन् तापनि मनले यी विषयलाई स्वयम् त्याग गर्न सक्दैन । हुन त विषयले हामीलाई त्यसै छाडेर जाउन वा यिनीहरुलाई हामीले छोडौँ, कुरा यौटै हो । तापनि यिनले आफै छाडे भने हामी ठूलो सन्तापमा पर्दछौँ र हामीले स्वयम् त्याग गरेमा त हामी अनन्त सुख शान्तिमा पर्दछौँ ।
२. विशाल हृदय भएका केही धन्य मानिसहरुले प्राचीनकालमा यो संसारलाई जिते, कसैले यसलाई भोग गरे र कसैले यसलाई जितेर पनि तृण सरी दान गरे । यो संसारमा अरु धीर सज्जनहरुको अधिकार पाएर मदमत्त हुँदै ज्वरोबाट ग्रस्त हुन्छन् ।
३. समृद्धिमा महापुरुषको चित्र कमलझैँ कोमल हुन्छ । विपत्तिमा महाशैलको शिला समूहझैँ भयंकर हुन्छ ।
४. फलेपछि वृक्ष नम्र हुन्छन् । जसले भरिएका बादल पृथ्वीमा झुक्छन् सत्पुरुष समृद्धि पाउँदा विनयी हुन्छन् । यही नै परोपकारीको स्वभाव हो ।
५. दरिद्र त्यो हो जसको तृष्णा विशाल छ । मन सन्तुष्ट भएमा को धनी र को गरिब ।
६. दुष्टहरु आफ्ना दोष देख्नमा जन्मान्धझैँ हुन्छन् । अर्काका दोष देख्नमा दिव्य दृष्टिवाला बन्छन् । आफ्ना गुणको बखानमा घाँटी च्यातेर बोल्छन् र अर्काको स्तुती गर्नुपर्ने बेलामा मौनव्रत धारण गर्दछन् ।
७. सर्वस्वको त्याग मोक्ष हो । मेरो मन मोक्ष चाहन्छ । यदि मैले सर्वस्व छोड्नु छ भने ती वस्तु प्राणीहरुमा बाँड्नु असल हुनेछ ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट