Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस प्रदेशमा फेरि ‘छोरी शिक्षा बीमा’ शुरु

शुक्रबार, मंसिर ९, २०७९
जनकपुरधाम - मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम फेरि शुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आज (सोमबार) देखि पुनः शुरु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् । गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि शुरू गरिको बीमा, २० वर्षपछि तीन लाख रुपैयाँ दिने गरी प्रतिबीमा ३७ हजार ४ सय ५७ रुपैयाँ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्