Nic Ad Nic Ad
Nic Ad Nic Ad

४०३ दिनपछि सुशान्तको ‘रुममेट’ सिद्धार्थलाई जमानत

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि लागुऔषध मालमामा पक्राउ परेका अभिनेताका ‘रुममेट’ सिद्धार्थ पठानलाई अदालतले ४०३ दिन पछि जमानत दिएको छ । न्यायाधिश भारती डांगरेले ५० हजार रुपैंयाँको धरौटीमा उनलाई जमानत दिन आदेश दिएकी हुन् । सुशान्तको निधनपछि चर्चामा आएको लागुऔषध मामलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले गत वर्षको २८ मार्चमा सिद्धार्थलाई पक्राउ गरेको थियो । यसअघि सिद्धार्थले तीनपटक जमानतका लागि गरेको अपिल खारेज भएपछि उनले उच्च अदालतको ढोका ढकढक्याएका थिए । उनको निवेदन अधिवक्ता अद्वैत ताम्हकरले दर्ता गराएका थिए । निवेदनमा पिठानीको तर्फबाट उनीसमक्ष कुनै प्रमाण नभेटिएको दाबी गरिएको थियो । तर एनसीबीले उनको ल्यापटप र फोनको भिडियोमा यो सम्बन्धी प्रमाण रहेको दाबी गरेको थियो । –अमरउजाला
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्