Nic Ad Nic Ad
Nic Ad Nic Ad

करिश्माको प्रश्न– मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–काठमाडौं महानगरपालिकाले सडकमा चटपटे, पानीपुरी र स्ट्रीट फूड बेच्नमा लगाएको प्रतिबन्धप्रति अभिनेत्री करिश्मा मानन्धरले रोष प्रकट गरेकी छन् । उनले केही दिन यता सामाजिक सञ्जालमा भाइरल भइरहेको मकै बेच्नेमाथि महानगरीय प्रहरीको दुव्र्यवहार प्रति पनि गुनासो गरेकी छन् । करिश्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर महानगरको क्रियाकलाप प्रति रोष व्यक्त गरेकी हुन् । उनले व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध तर्फ लाग्ने ? भन्दै आपत्ति जनाएकी छन् । ‘कि मकै पोलेर , चटपटे बनाएर तारे होटलमा बेच्ने ? त्यो बेचेर पेट भर्ने एउटा जमात छ भने त्यही खाएर पेट भर्ने अर्को जमात पनि त यो सहरमा बस्छ्न होला’, उनले भनेी छन् । यस्तो छ करिश्माको स्टाटस म पनि काठमाडौ रैथाने बासी हु ! नबुझेको कुरा लेख्दै छु !! महानगर सफा हुनुपर्छ; सहि हो । हामीले आफ्ना करोडौं पर्ने जग्गा÷घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्याैँ सहि हो । बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो । गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु? त्यसमा प्रश्न छ । गाउँमा स्वास्थ छैन , शिक्षा छैन , बाटो छैन , सिँचाइ छैन, दैवी प्रकोपमा परेकाहरुको लागि गाँस , बास , कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने? क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन !! समस्याको दुरगामी समाधान कस्ले गर्ने? ऊ आफैँले? हो ऊ आफैले गर्नुपर्ने अवस्था छ । तेसैले उसले काम गर्नुपर्छ । यदी ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने ! यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ । ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन । तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन !! हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ । स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले÷पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ । व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध तर्फ लाग्ने ?? कि मकै पोलेर , चटपटे बनाएर तारे होटलमा बेच्ने ?? त्यो बेचेर पेट भर्ने एउटा जमात छ भने त्यही खाएर पेट भर्ने अर्को जमात पनि त यो सहरमा बस्छ्न होला !! बाटोमै बेचेको कपडाले तन ढाक्ने जमात पनि त छन होला ? जो तपाईंको भारी बोक्छ्न् या अन्य काम गर्छन् । हामी मध्ये ५० प्रतिशत भन्दा बढी सपनाहरू बोकेरै यो शहर छिरेका हुन्छौं र राम्रो अवस्थामा छौँ होला !! हरेक मानिस गुणस्तरीय जिवनको खोजिमा हुन्छ्न। सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ? के हामी गाउँ छोडेर गरिखान हाम्रो चोकमा नआउ भन्न सक्छौँ ?? हरेक मानिस उत्कृष्ट जीवन बाँच्न चाहन्छ । उसको कोशिसलाई मार्गनिर्देशन गर्नु राज्यको जिम्मेवारी हो । हरेक संयन्त्र किन शहरमै केन्द्रित छ ?? किन गाउँ गाउँ पुगेको छैन ? स्थानीय तहसम्म पुगेको सरकार छ तर किन नागरिकको मनमा शहरको मोह छ ? स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन उ यो कोचाकोचको जीवन जिउन बाध्य छ ? गाउँपाखामा सबै सुबिधा उपलब्ध भएको भए त्यहि गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी सहर बसेर या बिदेशमा बसेर काम गरिरहेको हुँदैन थियो होला !! आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्यो ? उसको आत्मसम्मान माथि नै प्रश्न उठने व्यवहार ऊ माथी किन भैइरहेको छ ? ठिक छ यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नू केही छैन । तर अहिले हेर्दा चाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:२५
प्रतिक्रिया दिनुहोस्