आफ्नै प्रायोजनमा आफैंलाई १२ उपाधि !
पोखरा– पोखराका देशभक्त सिंह कुँवरले एकैपटक १२ वटा उपाधि तथा सम्मान प्राप्त गरेका छन् । उनले शब्द सम्राट्, वाङ्मय सम्राट, साहित्य सम्राट , सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहु आयामिक व्यक्तित्व, सङ्गीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव उपाधि पाएका हुन् ।
कुँवरले उपाधिसँगै प्रमाणपत्र, चिनो तथा नगद ६ लाख समेत प्राप्त गरेका छन् । कुँवरलाई उनलाई इन्याल्क नेपाल–अंग्रेजी प्रौढ साक्षरता अभियान, काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रूपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौँ, काविन ग्राफिक्स डिजाइनिङ एन्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार लगायतले सम्मान गरेका हुन् ।
स्रोतका अनुसार उनले पाएका यी सम्मान कुँवरले नै प्रायोजन गरेका हुन् । पत्रकार, समाजसेवी र साहित्यकारसमेत रहेका उनले यसअघि पनि अलौकिक कविको उपाधि लिइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:२५
प्रतिक्रिया दिनुहोस्