लण्डन टु पेरिसका लागि लण्डन उडे कलाकार
काठमाडौं–निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने नयाँ फिल्म ‘लण्डन टु पेरिस’का लागि कलाकारहरु सोमबार त्यसतर्फ गएका छन् । केही दिनमा लण्डनमा सुरु हुने फिल्मका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, मोडल गरिमा शर्मा, नव–अभिनेता निश्चल खड्का र अभिनेता कविर खड्का लण्डन उडेका हुन् ।
निर्देशक लामिछाने भने यसअघि नै लण्डन पुगिसकेका छन् । अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको फिल्ममा अजित सिंह सह–निर्माता छन् ।
फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेशनलको ब्यारनमा निर्माण हुने फिल्मले लण्डनदेखि पेरिसम्मको यात्राको कथा भन्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:५७
प्रतिक्रिया दिनुहोस्