Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडामा 'मिट एन्ड ग्रीट'

शुक्रबार, मंसिर ९, २०७९
क्यानडा– केही दिन देखि क्यानडा  भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपालिज क्यानडियन क्रिकेट क्लब र गैर आवासीय नेपाली संघ क्यानडाले संयुक्त रुपमा 'मिट एन्ड ग्रीट' कार्यक्रम आज सम्पन्न गरेको छ। क्यानडामा रहेका नेपालीहरूले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई भेटघाट गर्ने र शुभकामना दिन यो कार्यक्रम गरेको संघका अध्यक्ष दीपक गौतमले बताएका थिए। राजदूत भृगु ढुङ्गानाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमा गैर आवासीय संघका सचिव चिरञ्जीवी घिमिरेको पनि उपस्थिति रहेको थियो। यसैगरी बिभिन्न सघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कलाकार पुरुषोत्तम न्यौपानेले रौनकता सांस्कृतिक कार्यक्रम मार्फत दिएका थिए। यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ दिनु हुने सम्पूर्ण अग्रज व्यक्तित्व र कम्पनीहरू प्रति धन्यवाद व्यक्त गरेको जानकारी नेपालिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष कीरोज श्रेष्ठले जानकारी दिए। अब क्यानडा भ्रमणमा रहेको नेपालले यसपछि घरेलु राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ । नेपाल र क्यानडाबीच पहिलो एकदिवसीय शृंखला असार २० गते र दोश्रो एकदिवसीय श्रृंखला असार २१ गते हुनेछ । त्यसपछि नेपाल विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । स्कटल्याण्डमा नेपालले लिग टु अन्तर्गतको शृंखलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार