अर्थमन्त्री शर्मासँग नैतिकताको अपेक्षा गरेको छैन्: एमाले
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखेको बताएका छन्
प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थमन्त्रालयका बारेमा बिभिन्न बिषयमा कुरा उठ्दा पनि पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसंग नैतिकताको अपेक्षा नरहेको बताएका हुन् ।
उनले करका बिषयमा छानविन गर्न एमालेले माग गर्दा पनि १३ दिनमै सीसीटिभी फुटेज डिलिट गर्नु नियोजित भएको जिकिर गरे ।
उनले गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटिभी फुटेजहरु ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको भन्दै १३ दिनमै डिलिट हुनुको कारणबारे समेत जवाफ दिनुपर्ने धारणा राखे ।
उनले यस बिषयमा संसदीय छानविन समिति गठन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:४२
प्रतिक्रिया दिनुहोस्