अब कसैले भन्ने छैन छ्या कस्तो फोहोर चुल्हो ? यसरी गर्नुहोस् सफा
भान्सा भन्ने बित्तिकै चुल्हो अनिर्वाय चाहिन्छ । आजकल ग्यास चुल्होको प्रयोग बढ्दो छ । ग्यास चुल्होमा खाना पकाउनेदेखि पानी तताउनेसम्मका काम गरीन्छ । तर भान्साको सफाई मध्ये ग्यास चुल्होको सफाई सबैभन्दा झण्झटिलो हुन्छ । तर यसलाई पनि सजिलै सफा गर्ने केहि तरिकाहरु भने छन् ।
– तातोपानी यो चुल्हो सफा गर्ने सबैभन्दा सस्तो र सरल उपाय हो । यसकालागी ग्यास चुल्होमा उम्लिएको तातोपानी हालेर चिसो हुञ्जेल छाड्नु पर्दछ । यसो गर्दा तातो पानीले यसमा जमेको फोहोर र तेलको दाग धेरै हदसम्म सफा गर्दछ । जुन सफा भएको छैन त्यसलाई साबुन, सरफ वा क्लिनरको प्रयोग गरेर दलेर सफा गर्न सकिन्छ ।
– बेकिङ सोडा र भाँडा माझ्ने साबुन एउटा सानो कचौरामा बेकिङ सोडा र भाँडा माझ्ने साबुनको बराबर मात्रा लिई यसलाई राम्रोसँग मिसाउनुहोस् । अब यसमा स्पन्ज डुबाएर चुल्होलाई सजिलै सफा गर्न सकिन्छ । ध्यान रहोस्, यो मिश्रण तयार भएको केहिबेरमै सफा गर्नु पर्दछ अन्यथा विषाक्त बन्छ ।
बेकिङ सोडा र नुन एक चम्चा पानीमा एक चम्चा बेकिङ सोडा र एक चम्चा नुनलाई मिसाएर पेस्ट बनाउने र यसमा एउटा कपडा वा स्पन्ज राखेर ग्यास चुल्होलाई रगड्नुहोस् । यसो गरे चुल्होको सबै दाग हट्छ । यो ग्यास चुल्हो सफाईको प्रभावकारी विधी हो । यसमा धेरै मेहनत गर्नुपर्दैन ।