एउटै भित्तिको मूल्य १ करोड भन्दा बढी, नेपालमा समेत पाइन्छ
एउटा भित्ति (माउसुली)को मूल्य कति पर्छ होला ? पक्कै पनि कुनै मूल्य पर्दैन भन्ने सोच्नु भयो होला । तर नेपाल र बिहार क्षेत्रमा पाइने एउटा यस्तो भित्ति छ जो फरारी र बिएमडब्लु कार भन्दा महंगो पर्छ । यसको मूल्य करौंडो पर्छ ।
करौडौं मूल्य पर्ने भित्ति, घरमा पाइने भित्ति भन्दा केहि फरक हुन्छ । यसलाई गीको भित्ति भनिन्छ । गीको भित्ति विश्वमा अत्यन्त कम मात्रामा बचेको छ । त्यसैले यसलाई ध्ष्मिषिभ एचयतभअतष्यल ब्अत, ज्ञढठद्द सुचीको सेड्यूल थ्री मातहत सुचिकृत गरीएको छ । यसको कम संख्याका कारण यसको शिकार, बिक्रि, खरिदमा रोक लगाइएको छ ।
गैरकानुनी भए पनि तस्करले यसलाई लुकिछिपि बेच्दै आएका छन् । एक गीको भित्तिको मूल्य यसको आकारले तय हुन्छ । औसतमा यस भित्तिको मूल्य १ करोड भन्दा बढि पर्दछ । आकार ठुलो भएमा यसको मूल्य २ करोडसम्म पर्न सक्छ ।
गीको भित्तिलाई कैयौं रोगको औषधी बनाउन प्रयोग गरीन्छ । यसको मास् नपुंसकता, मधुमेह, एड्स र क्यान्सरजसता रोगको उपचारमा लाभकारी मानिन्छ । चीनमा समेत यस भित्तिको प्रयोग पारम्पारिक औषधी बनाउन प्रयोग हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्