बालक नेपोलियनको देशभक्ति उदाहरण : प्रेरक प्रसङ्ग
फ्रान्सको एक नदीमा वर्षाको कारण बाढी आएको थियो । साँझको समयमा लगभग १२ वर्षको एउटा केटो नदीको किनारै किनार हिँडिरहेको थियो । अचानक उसले नदीको बाँधमा एउटा प्वाल परेको र त्यो प्वालबाट पानी चुहिरहेको देख्यो ।
यसरी त पूरा नगर पानीले डुब्नेछ भन्ने सोचेर उसले भत्केको ठाउँमा भरपुर माटो हाल्यो । त पानीको वेग धेरै भएको कारण त्यो माटोले रोकिन सकेन । उता प्वाल ठूलो हुँदै गइरहेको थियो । नगरमा गएर सूचना दिनमा ढिलो हुन्थ्यो । किन कि त्यो वेलासम्म बाँध भत्किन सक्थ्यो । यो सोचेर केटा आफै प्लाल भएको स्थानमा सुत्यो ।
पूरा रात यसरी नै बित्यो । उता उसका बाबु आमा धेरै चिन्तित थिए । उनीहरुलाई कतै छोरा नदीमा त खसेन भन्ने डर थियो । उनीहरु बिहान बुनेबित्तिकै नदीको किनारै किनार गए । केटाले उनीहरुलाई देख्यो र बोलायो । उसले पानी रोक्ने व्यवस्था गर्न भन्यो ।
उसका बाबुआमाले नगरमा गएर यो कुराको सूचना दिए तब छिट्टै आवश्यक प्रबन्ध गरियो ।
बालकको यो वीरता र देशभक्तिमा सरकारले उसलाई सम्मानित गर्यो । यही बालक पछि गएर फ्रान्सको राष्ट्रपति बन्यो । यी देशभक्तको नाम थियो नेपोलियन ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट