अमेरिकाको सिकागो नजिकै गोली चल्दा ६ जनाको मृत्यु, संदिग्ध व्यक्ति पक्राउ
काठमाडौँ– अमेरिकाको सिकागोमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । उक्त घटनामा २४ जना घाइते भएका अधिकारीहरुले बताएका छन् ।
सिकागो नजिकै रहेको हाइल्याण्ड पार्कमा भएको नरसंहारमा संलग्न संदिग्ध २२ वर्षीय युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनको नाम रोबर्ट ई क्राइमो रहेको जानकारी दिएको छ । उनको साथबाट प्रहरीले एक थान राइफल समेत बरामद गरेको छ ।
उनले घरको छतमा बसेर हाईल्याण्ड पार्क शहरका मानिसहरुमाथि उच्च क्षमताको शक्तिशाली राइफलले आक्रमण गरेका थिए ।
राष्ट्रपति जो बाइडेनलले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले अमेरिकामा पछिल्लो समय बढ्दै गएको बन्दुक आक्रमणको घटनाविरुद्धको लडाईं जारी रहेको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:०३
प्रतिक्रिया दिनुहोस्