सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो
काठमाडौँ– नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक सय रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:३५
प्रतिक्रिया दिनुहोस्